२०८१ पुष २

नेप्सेमा ५१.३७ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८१ पुष १, सोमबार १२:४१ गते

बुटवल १ पुस ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार उच्च अंकको गिरावट आएको छ। सोमबार नेप्से ५१.३७ अङ्कले घटेर दुई हजार छ सय ३०.९१ को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको गिरावट हो। आज कारोबार पनि पाँच अर्ब ९३ करोड ५६ लाखमा सिमित भएको छ ।
आज ३०४ कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ रुपैयाँबराबरको कारोबार भएको छ।