२०८२ माघ २७

संसदीय पत्रकारिता क्षमता अभिबृद्धि तालिमको समापन
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २१, सोमबार १०:५५ गते

बुटवल, ।
लुम्बिनी प्रदेशका सभामूख पूर्ण बहादुर घर्तीले कानून निर्माण भन्दा कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताएका छन ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीद्वारा लुम्बिनीमा आयोजित तीन दिने संसदीय पत्रकारिता क्षमता अभिबृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उनले संसदबाट कति कानून निर्माण भए भन्दा पनि कानुन कार्यान्वयन कसरी भैरहेको छ भन्ने बिषय महत्वपूर्ण भएको बताएका हुन ।
प्रदेश स्थापनाको सुरुवाती अवस्थामा प्रदेश प्रदेश बिच कानून निर्माण गर्ने प्रतिस्पर्धा चलेको स्मरण गर्दै उनले बनेका कानूनले समाजमा कस्तो प्रभाव परेको छ भन्ने चासो कम देखिएको बताए । उनले कानून कार्यान्वयन गर्ने निकायले कसरी कार्यान्वयन गरिरहेको छ भन्ने विषय पत्रकारको लागि खोजिको विषय हुन सक्ने उल्लेख गरे ।
तालिममा संसदीय मामिलाका अगुवा पत्रकार हरि बहादुर थापाले प्रशिक्षण दिएका थिए । उनले संसद सुचनाको खानी भएको बताउँदै पत्रकारले ती सुचनालाई जनता समक्ष पस्कनु पर्नेमा जाेड दिए ।

रुपन्देही र दाङका गरी ४० जना पत्रकारहरुको सहभागिता रहेको तालिममा लुम्बिनी प्रदेश सभा सचिब दुर्लभ कुमार पुन मगर, पत्रकार अमृता अनमोल लगायतले सहजिकरण गरेका थिए ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार लक्ष्मण पौडेल ,सर्मिला डिसी लगायतले बोलेका थिए ।
कार्यक्रमम संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका महासचिब सिपी खनालकाे सञ्चालन सम्पन्न भएको थियोे ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते मैंत्ते ,कोषका सुचना अधिकारी डा हरिध्वज राईले लुम्बिनी गुरुयोजनाको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै लुम्बिनी बौंद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले विश्वविद्यालयको गतिविधिको बारेमा पत्रकारलाई जानकारी गराएका थिए ।