२०८१ माघ १०

पश्चिम नेपाल विकास ट्रष्टको आयोजनामा रक्तदान
  • लुम्बिनी खोज
  • २०८१ पुष १५, सोमबार ०९:२१ गते

बुटवल १५ पुस ।
पश्चिम नेपाल विकास ट्रष्टको आयोजनामा सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तसञ्चार केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रममा रक्तदानको महत्वका बारेमा चर्चा पनि गरिएको छ ।

ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ र कोषाध्यक्ष लक्ष्मी अधिकारीको जन्म दिन समेत पारेर रक्तदान गरिएको ट्रष्टका सचिव एंव कार्यक्रम संयोजक पदमलाल घिमिरेले बताए । ट्रष्टका उपाध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले रक्तदान गरेका थिए ।

कार्यक्रमका अध्यक्ष माधवप्रसाद आचार्यले सस्थाले रचनात्मक कार्यलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम गरिएको बताए । सस्थाले वातावरण, शिक्षा, स्वास्थ्य देखि समाजका विभिन्न क्षेत्रमा कार्यगर्दै आएको भन्दै आचार्यले आगामी दिनमा पनि यस किसिमका कामलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा ग्लोबल बहुउद्देश्यीय सहकारी सस्थाका एकदेव बस्यालले जन्म दिनमा आयोजना गरिने यस किसिमका रचनात्मक कामले समाजमा सकरात्मक सन्देश जाने बताए । उनले रक्तदान मानव जीवनका लागि महत्वपूर्ण रहेको भन्दै रक्तदान गर्दाको अनुभव तथा महत्वका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा ग्लोबल बहुउद्देश्यीय सहकारी सस्थाका सचिव खगेश्वर भण्डारी, लेखा संयोजक रिखिराम भट्टराई, ब्यवस्थापक लक्ष्मण रेग्मी, रक्त सञ्चार केन्द्रका सह इन्चार्ज केशर सिंह गाह, ट्रष्टका देवीप्रसाद घिमिरे, अनामिका घिमिरेलगायतको उपस्थीति रहेको थियो ।