२०८१ माघ ३
मुटु अस्पतालको भवन बनाउन जग्गा प्राप्तीमा ढिलाई भएको गुनासो
बुटवल १६ पुस ।
बुटवल स्थीत गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट निर्वाचित एजाज आलम नेतृत्वको कार्यसमितीका अध्यक्ष एवं सदस्यहरुको पदस्थापन भएको छ।
अधिवेशनबाट एजाज आलमको अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको नया नेतृत्व चयन भएको थियो।
संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ, संस्थागत सदस्यहरुको तर्फबाट उपेन्द्र कुमार अग्रवाल, र खुल्ला सदस्यहरुमा दिनेशराज रेग्मी, हिरामणी भटराई, शिव कुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया र रुद्र बहादुर हमाल भटराई निर्विरोध निर्वाचित भएका छन्।
संस्थाको खुल्ला महिला सदस्यमा रेनुका खरेल र बोनिका शर्मा भटराई तथा लेखा संयोजक पदमा लोकनाथ पाण्डे र सदस्यहरुमा मणिरत्न पाण्डे तथा रविलाल पोखरेल निर्विरोध निर्वाचित भएका थिए।
त्यसैगरी अस्पताल सञ्चालनमा सहकार्य गर्ने संस्थाहरुबाट पदेन सदस्य हुने ब्यवस्था अनुसार रोटरी क्लव अफ डाउन टाउनबाट जिवन अधिकारी, रोटरी क्लवअफ साउथ बाट प्रेम भुर्तेल, रोटरी क्लव अफ बुटवल बाट प्रज्वल थान्जु र रोटरी क्लव अफ सेन्ट्ल बुटवलबाट पुरन ज्ञवाली चयन भएका छन्। अध्यक्ष आलमले भगवती पाण्डे र सुरज क्षेत्रीलाई सदस्यमा मनोनित गरेका थिए ।
यसैबीच संस्थाको नव निर्वाचित कार्यसमितीको बैठकले संस्थाको बिधान अनुसार जिम्मेवारी बांडफाड गरेको छ। बैठकले संस्थाको उपाध्यक्षमा दिनेशराज रेग्मी, तथा पदेन उपाध्यक्षमा दिलिप सापकोटा, सचिवमा बावुराम बोहोरा, सहसचिवमा भगवती पाण्डे, कोषाध्यक्षमा प्रेम भुर्तेल, तथा सह कोषाध्यक्षमा उपेन्द्र कुमार अग्रवाललाई जिम्मेवारी दिएको छ।
२०६९ असार १२ गते स्वस्थ्य मुटु हाम्रो अभियान भन्ने मुल नाराका साथ गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था स्थापना गरी २०७० साल पुष १० गते बाट संस्थाले बुटवलको रामनगरमा गौतमवुद्ध सामुदायीक मुटु अस्पताल सञ्चालन गरेको थियो । यहा मुटु तथा मिगौलाको उपचार हुदै आएको छ । त्यस्तै यस सस्थाले पाल्पाको तानसेन नगरपालिका बन्दि पोखरा, स्याङजाको वालिङ, दाङको लमहि र कपिलबस्तुको बाणगंगा नगरपालिका पिपरामा डाईलासिस सेन्टर सञ्चालन गर्दै आएको छ।
संस्थाका अध्यक्ष एजाज आलमका अनुसार अस्पतालले स्थापना देखि हाल सम्म ओपिडीबाट ३ लाख ७० हजार ८२ जना, ईमरजेन्सीबाट ५१ हजार २ सय ८४ जना र भर्ना बिरामी ३९ हजार दुई सय छ जना गरी ४ लाख ६० हजार ५ सय ७२ जनाको उपचार गरेको छ।
यसका साथै अस्पतालले ३ हजार ९७ जना बिरामीको एन्जियोग्राफी, १ हजार १३० जनाको एन्जियोप्लाष्ट, ५७८ जनाको अस्थायी पेशमेकर र १०५ जनाको पेरिकार्डियोसेन्टीसिस गरीएको आलमले बताए।
अस्पतालमा बरिष्ठ मुटुरोग बिशेषज्ञ ५ जना मुटुरोग बिशेषज्ञ १ जना,मृगौला रोग बिशेषज्ञ १ जना जनरल फिजिसियन २ जना रेडियोलोजिष्ट एकजना एमडी क्रिटिकल केयर १ जना र मेडिकल अधिकृत १६ जना तथा अन्य सिएमए, अनमी स्टाफनर्स, बिएसी नर्सिङ लगायत गरी ३०३ जना कर्मचारीहरु कार्यरत रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले लुम्विनी प्रदेशका करिव ८ सय मिर्गौलाका बिरामी मध्ये ५०१ जना बिरामीले मुटु अस्पतालबाट निशुल्क उपचार सेवा लिईरहेको बताएका छन् ।
पदस्थापनमा जग्गा र भवनकै चर्चा
नया नेतृत्वका पदस्थापन कार्यक्रममा प्रदेशका मन्त्रीलाई आमन्त्रण गरिएको थियो । मन्त्री मात्र नभइ कार्यक्रममा प्रदेशका पूर्व मन्त्री देखि संविधान सभा सदस्य सम्म उपस्थीत थिए । कार्यक्रममा अस्पतालको सेवा ब्यवस्थीत गर्न अस्पताललाई भवन आवश्यकता भएको र त्यसुका लागि जग्गाको समस्या रहेको विगतदेखिको कुरा उठाइएको थियो । वषैंदेखि जग्गाकोकुरा उठाउदै आएकोमा पछिल्लो चरणमा जग्गा प्राप्ती अन्तिम चरणमाा पुगेको आश्वसनहरु प्राप्त भइरहेको विषय उठाइएको थियो । जग्गा प्राप्तीको विषयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लागि परेको भन्दै अब जग्गा प्राप्ती भएमा भवन बनाउने कामले गति लिने विश्वास ब्यक्त गरिएको थियो । अस्पताललाई अझ ब्यवस्थीत रुपमा सञ्चालन गर्न तीन वटै सरकारको सहयोगको अपेक्षा राखेको पदाधिकारीले बताएका थिए ।
कार्यक्रममाा वोल्दै लुम्विनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
लुम्विनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले सरकारले समुदाय संग मिलेर स्वास्थ्य क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्नु पर्ने बताए।
संबिधानसभा सदस्य नेत्र प्रसाद पन्थीले मुटु अस्पतालले खेलेको भुमिकाको चर्चा गर्दै जग्गा प्राप्तीका विषयमा अर्थमन्त्रीसग पनि जिज्ञाशा राखेको भन्दै छिट्टै प्राप्ती हुनेमा विश्वास ब्यक्त गरे । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले मुटु अस्पतालले खेलेको भुमिका तथा स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।