२०८१ पुष २७
रुपन्देही २७ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को आयोजनामा शनिवारदेखी अन्तर विद्यालय नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिती रुपन्देहीका सयोंजक उमाकान्त चपाईले मुलुकलाई चिनाउने पहिलो माध्यम खेलकुुद बनेको उल्लेख गर्दै खेल क्षेत्रको बिकासका लागि सवै पालिकाहरुले लगानी बढाउनुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले स्वस्थ्य शरिरवाट मात्रै स्वस्थ्य मतिष्कको बिकास हुनेहुँदा बिद्यार्थीको सर्वाङ्खीक बिकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले बताए ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभाीता रहेको छ । खेल उद्घाटन पुर्व विद्यार्थीहरुले पक्लिहवा माध्यमिक बिद्यालयको खेल मैदानमा झाकी सहितको मार्चपास गरेका थिए । मार्चपासमा अमर ज्योति माध्यमिक प्रथम, मुनलाई मावि द्धीतीय र सुसस्कृत मावी तृतीय भएका थिए । उनीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेका छन् । प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् ।
भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागीता रहेको युवा, शिक्षा तथा खेलकुुदा शाखाका प्रमुख चेतनशिल लम्सालले जानकारी दिए । त्यस्तै कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको छ । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता छ । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता रहेको छ । प्रतियोगिता अवधिभर ४२ वटा ईभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहनेछ । सबै ईभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा अधिकृत जानवी पाण्डेले बताईन् ।
कार्यक्रममा वडा नं ६ का बडा अध्यक्ष विरेन्द्र श्रीवास्तव, शिक्षा समिती सदस्य मोतिलाल सुवेदी, गोकुुल पोखरेल, वेलहिया माध्यमिक विद्यालयका प्रधानाध्यापक विना भण्डारी लगायतले बोलेका थिए । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथि, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ