२०८१ माघ २३

इरानमा सर्वोच्चका दुई न्यायाधीशको हत्या
  • लुम्बिनी खोज
  • २०८१ माघ ५, शनिबार १२:५४ गते

बुटवल ५ पुस ।
इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ। तीनजना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा भएको सशस्त्र आक्रमणमा परी दुई न्यायाधीशको हत्या भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो।
न्यायाधीश मोहम्मद मोगिसेह र अली रेजिनीको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ। आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ। अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।