२०८१ माघ ११

सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ४०.१८ र वित्तीय प्रगति ३९.९० प्रतिशत, भोलि‘ब्रेक थ्रु’
  • लुम्बिनी खोज
  • २०८१ माघ १०, बिहीबार १२:२९ गते

बुटवल १० माघ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ माग्र्रको प्रगति करिब ४० प्रतिशत भएको छ । ४० प्रतिशत प्रगतिको चरणमा पुग्दा ब्रेक थ्रु गर्ने तहसम्मको कामको प्रगति भएको छ । सुरुङ मार्गको भोलि शुक्रवार ब्रेक थ्रु् गरिने भएको छ ।
एक हजार १२६ मिटर लामो सुरुङमार्गको शुक्रवार व्रेक थ्रु गर्न लागिएको हो । ब्रेक थ्रु का लागि सुरुङ मागको मुख्य टनेल खनेर सक्न एक दशमलव ५ मिटर बाकी राखिएको छ । शुक्रवार ब्रेक थ्रु गर्दा सो साढे एक मिटर भागलाई ब्लास्ट गरिने कार्यक्रम बनाइएको छ । ब्रेक थ्रु कार्यक्रमलाई विशेष महत्वका साथ गरिने गरी तयारी गरिएको छ । विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलि आउने भएका छन् । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित अन्य केही मन्त्री तथा सांसदहरुको पनि सहभागिता रहने बताइएको छ ।
एघार सय २६ मिटरको सुरुङ मध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ । जसमध्ये ब्रेक थ्रुका लागि १ दशमलव ५ मिटर बाकी राखेर एक हजार ८७ दशमलव ५ मिटर सुरुङ केही दिन अगाडी नै खनेर सकिएको थियो ।
सुरुङ मार्ग निर्माण चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयामा ठेक्का लिएको थियो । सुरुङ मार्गको तीन वटै बाईपासको ब्रेक थ्रु पुसको पहिलो साता अगाडी नै भएको थियो । त्यस यता मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
आयोजनाकी सुचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार शुक्रवार ब्रेक थ्रु हुन लागेको सिद्धबाबा सुरुङ मार्गको बुधवार सममको प्रगति करिब ४० प्रतिशत रहेको छ । बुधवार सम्म सुरुङ मार्गको भौतिक प्रगति ४० दशमलव १८ प्रतिशत रहेको छ । त्यस्तै वित्तिय प्रगति ३९ दशमलव ९० प्रतिशत रहेको छ ।