२०८१ माघ २३

सेयर बजार २७३० अंकमा
  • लुम्बिनी खोज
  • २०८१ माघ २१, सोमबार ११:५१ गते

बुटवल २१ माघ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २७३० को विन्दुमा पुगेको छ । आज सोमबार नेप्से झिनो अंकले बढेको हो । आज २.४१ अंकले बढेर दुई हजार ७३० को विन्दुमा सेयर बजार पुगेको छ ।
नेप्से सामान्य बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर कारोबार भएको छ ।
९७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आठवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ११ हजार ९१८ पटक सेयर किनबेच भएको छ ।