२०८२ बैशाख ६

कांग्रेस नेता भण्डारीद्धारा बुटवलमा वन्दै गरेको पार्कको अवलोकन
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २६, मंगलवार ११:४७ गते

बुटवल ।
नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले बुटवल उपमहानगरपालिकाले निमार्ण गर्दै गरेको विपी ,पुष्पलाल ,सुर्य प्रसाद पार्कको अवलोकन गरेका छन् । १७ कठा जग्गा क्षेत्रफलमा बुटवलको बडा नं ११ मा पार्क निमार्ण भैरहेको छ । पार्कमा विपी कोईराला, पुष्पलाल र सुर्यप्रसाद प्रधानको शालिक राखिने छ भने वगैचा र सभाहल का साथै आवश्यकताका आधारमा अन्य संरचना पनि बन्ने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए । यही आर्थिक वर्ष भित्र काम सम्पन्न गरिने ईन्जीनीयर गौतम रौनीयारले बताएका छन् । उनकां अनुसार शालिक र पार्क असार सम्म सम्पन्न हुने छ र अन्य संरचनाहरु त्यहांको आवश्यकताका आधारमा निमार्ण हुदै जानेछ । त्यसका लागी बुटवल उपमहानगरपालिकाले आवश्यक वजेट विनियोजन गरेको छ ।
पार्क अवलोकन पछी कांग्रेसका नेता भण्डारीले स्वर्गिय नेताहरुको संझनामा बुटवल उपमहानगरपालीकाले भव्य पार्क निमार्ण थालेकोेमा खुसी व्यक्त गरे ।