२०८२ बैशाख ६

गैरे प्रतिष्ठानमा रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक
  • लुम्बिनी खोज
  • २०८२ बैशाख ५, शुक्रबार ०८:५७ गते

बुटवल ५ बैशाख ।
‘गैरे प्रतिष्ठान प्रालि’ बुटवलले रोयल इन्फिल्डको पाँच भेरियन्ट सहितको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासीक बाइकको बुकिङ, टेस्ट राइड र विक्री सुरू गरेको छ । रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि रहेको छ । मध्यम आकारको मोटरसाइकल (३५० सीसी–६५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको हो । पुरानो आकर्षणलाई कायम राख्दै आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरेको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने गैरे प्रतिष्ठान प्राली बुटवलका अध्यक्ष प्रेम राज गैरेले बताए। यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ ।
आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुने प्रबन्ध सञ्चालक सदस्य प्रवेश गैरेले बताए ।

न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङ सँगै आकर्षक डिजाइन रहेका छन् । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ्गको प्रतिनिधित्व गर्दै आएको कम्पनिले जनाएको छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले उक्त बाईकको उद्घाटन गरे सङ्गै प्रतिष्ठानले बिक्रीको शुभारम्भ गरेको हो ।
क्लासिक ३५० सार्वजनिक भए पछि कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार सधैँ विशेष रहँदै आएको बताए ।
मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरेको गैरे प्रतिष्ठान प्राली बुटवलका अध्यक्ष प्रेम राज गैरेले बताए। यसको नेपाली बजार मुल्य रु ५,५५,००० देखि ५,७९,००० सम्म रहेको प्रमुख प्रबन्धक धुर्व सापकोटाले बताए ।
गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल पनि बिभिन्न समयमा लञ्च गरेको गरि सकेको छ ।