२०८२ बैशाख १९
बुटवल ११ बैशाख ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट बुटवलका तीन जना पत्रकार पुरस्कृत भएका छन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापित १ लाख राशिको उत्कृष्ट पत्रकारीता पुरस्कार रातोपाटी अनलाइनमा कार्यरत पत्रकार तेजेन्द्र केसीले प्राप्त गरेका छन् । त्यस्तै सुर्य प्रसाद प्रधान स्मृति विकास पत्रकारीता पुरस्कार २०८१ रामप्रसाद आचार्य र अमृता अनमोलले प्राप्त गरेका छन् । उक्त पुरस्कारको राशि जनही ५० र ५० हजार रूपया रहेको छ ।
बिहीबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निमर्ला शर्मा र बुटवलमा उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले उनीहरुलाई पुरस्कृत गरे ।कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, महासंघकाम प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेलगायतले पत्रकारिता क्षेत्रको चर्चा गरेका थिए ।