२०८२ जेष्ठ ६

ग्लोबल सहकारीले ग-यो अवलोकन भ्रमण
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २९, सोमबार १०:५३ गते

बुटवल ।
बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण गराएको छ । सहकारीले ग्रामीण पर्यटन (होमस्टे) को पायोनियरका रुपमा चिनिने स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नं. १ मा अवस्थित सिरुबारी सामुदायिक होमस्टे को अवलोकन गराएको छ ।
स्थानीय रहनसहन, कला, भाषा र संस्कृति, खानपान तथा आवास व्यवस्थापन कार्यलाई एउटा सुसज्जित नमुनाका रुपमा पस्किएर आन्तरिक तथा बाह्य पर्यटकको समेत उच्च मन जित्न सफल रहेको पाइएको भ्रमणमा गएका सदस्यहरुले बताएका छन् । होमस्टेको प्रयास साँच्चिकै गहन अध्ययन र खोज गर्न लायक रहेको र शेयर सदस्यहरुले अलग्गै खालको अनुभव लिन पाएको सहकारीका अध्यक्ष पदमलाल घिमिरेले बताए । । एउटा विकट गाउँलाई पनि केही फरक सोच सहित काम गर्ने सोच बनाउन सके रोजगारी सिर्जना देखि विकासको आयाम समेत फुटाउन बेर लाग्दैन भन्ने गतिलो उदाहरणका रुपमा आफूहरुले पाएको उनले बताए ।