२०८२ जेष्ठ ६
बुटवल।
“सबल सक्षम र पारदर्शिता ग्लोबल सहकारीको प्रतिबद्धता” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक उत्सबको अबसरमा रक्तदान गरिएको छ ।
रक्त संचार केन्द्र बुटवलमा संस्थाका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षता, रक्तदाता समाज बुटवलका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख तथा सहकारी संस्थाका बरिष्ठ सल्लाहाकार गुनाखर खनालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका संचालक समिति सदस्य तथा कार्यक्रम संयोजक एकदेव बस्यालले स्वागत मन्तब्य र सचिब खागेश्वर भण्डारीले कार्यक्रम सन्चालन गरेका थिए । सो कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा वोल्दै कृष्ण चौहान क्षेत्रीले सहकारीले सामाजिक उत्तरदायित्त्व अन्तरगत उदाहरणिय कार्य गरेको र छोटो समयमै पुराना सहकारी सरह भई सदस्य बिस्तार र कारोबार बिस्तार तथा सामाजिक कार्यहरुमा समेत अग्रसर भएको बताए ।
संस्थामा हालसम्म करिब ८ सय जना सदस्य रहेको र करिब ७ करोडको वासलात रहेको संस्थाका ब्यबस्थापक लक्ष्मण रेग्मीले बताए । सहकारी प्रति वितृष्णा भैरहेको समयमा पनि यो सहकारीलाई माया गरी छोटो समयमा पनि एक अब्बल सहकारी गराउनको लागि अहोरात्र रुपमा खटिने सञ्चालक समिति, लेखा समिति, सल्लाहकारहरु, उपसमितिका सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारीहरुलगायत शुभचिन्तकहरुमा संस्थाले हार्दिक आभार प्रकट गरेको छ ।