२०८२ जेष्ठ ५

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ ४, शनिबार १०:४७ गते

दाङ ३ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन् ।
राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताए ।
हामीले ल्याउँदै गरेको नीति तथा कार्यक्रममा कृषिमा संलग्न उद्यमीहरूलाई अझ प्रेरणा प्रदान गर्ने र सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएका छनझउहाँले भन्नुभयो उनले भने, तपाईंहरूको भावना बुझेर, भावना छुनेगरी योजनालाई कार्यक्रममार्फत कार्यान्वयन गर्दैछौं । उद्यमीहरूका निम्ति पनि उद्यमीमैत्री कार्यक्रमहरू अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौं ।
मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैं साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गरे ।
व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उनले व्यवसायको विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि र उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताए। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको बताए ।
राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल शर्मा बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, उद्यम लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।