२०८२ माघ २७
बुटवल।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही बैशाख ८ गते बुटलमा शक्ति प्रर्दशन गर्ने भएको छ । यस क्षेत्रको ठूलो सभा का रुपमा बुटवलको गोलपार्कमा गर्न लागेको कार्यक्रममा पार्टीका अध्यक्ष देखि बरिष्ठ नेताहरुले सम्वोधन गर्ने भएका छन । राप्रपा बुटवल उपमहानगर समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारीका बारेमा जानाकारी दिएको छ ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बुटवलमा हुन लागेको आमसभा पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि पहिलो पटक उनी सहभागि हुने सभा हुन लागेको भन्दै सभा यस क्षेत्रको ठूलो हुने बताए । राप्रपा नै परिवर्तनकारी शक्ति रहेको सन्देश सभाले दिने उनले बताए । राप्रपामा अधिकांस युवा नेतृत्वमा आउदा पार्टीमा आकर्षण बढेको बताउदै उनले आगामी निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रुपमा स्थापीत हुने दाबी गरे । कार्यक्रममा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पुर्वमन्त्री निरन्जन थापाले राप्रपा भ्रष्टाचार बिरुद्धको संकल्प,संबैधानीक राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा लिएर चुनाबमा जाने भन्दै नेपाली कांग्रेस र नेकपा एमाले,माओवादी केन्द्र लगायतका दलहरुसँग चुनावमा जाने खास एजेण्डा नभएको बताए ।