२०८२ जेष्ठ २३
बुटवल,१९ जेठ ।
सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन । ।
चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडी बढेको उनले जानकारी दिए ।
सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।