२०८२ असार ८
बुटवल २२ जेठ ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुर्वेशन सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृत तालिम १२ औ समूहमा सहभागी ३० जना प्रशिक्षार्थीहरूलाई लागू पदार्थ दुर्वेशन विरुद्ध जनचेतनामूलक प्रशिक्षण र कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूलाई लागू पदार्थको परिचय, दुर्वेशनीका कारणहरू ,दुर्वेसनीका असरहरू, दुर्वेसनीका प्रकार ,दुर्वेशनीमा गरिने कानुनी सजाय र दुर्वेशनीबाट बच्ने उपायहरूका बारेमा सहजीकरण गरिएको थियो।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, प्रहरी सहायक हवल्दार सागर बिक, प्रहरी जवान राजकुमार खड्का ,प्रहरी जवान चिफ यादव लगायतले सहजीकरण गरेका थिए ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यासहरूको बारेमा जानकारी गराएका थिए ।