२०८२ जेष्ठ २७
संसद्को गतिरोध अन्त्यका लागि रास्वपाको पाँच बुँदे प्रस्ताव
काठमाडौ, २६ जेठ ।
प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन । यसै बिच संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पाँच बुँदे प्रस्ताव अघि सारेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा माओवादी केन्द्र,रास्वपा लगायत प्रतिपक्षी दलहरुले संसद्मा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । संसद्को गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी दलहरुबिच छलफल भएपनि हालसम्म संसद् सुचारु हुन सकेको छैन ।
यसैबीच सोमबार रास्वपाले संसद्को गतिरोध अन्त्यका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने प्रस्ताव रास्वपाको छ ।