२०८२ असार १७

सेयर बजार २६ अङ्कले बढ्यो
  • लुम्बिनी खोज
  • २०८२ असार १५, आईतवार ११:४३ गते

बुटवल १५ असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अङ्कले बढेको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेर दुई हजार ६२२.२८ को विन्दुमा कायम भएको हो ।
आज ३२८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७४ हजार ७५२ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ ।