२०८२ असार १८

प्रतिपक्षको अनुपस्थितिका कारण लुम्बिनी प्रदेश सभा बैठक पुनः स्थगित
  • लुम्बिनी खोज
  • २०८२ असार १७, मंगलवार १३:०८ गते

बुटवल १७ असार ।
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गतको चौधौं बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ। तोकिएको समयभन्दा आधा घण्टाभन्दा ढिलो सुरु भए भएको बैठक प्रतिपक्षको अनुपस्थितका कारण सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि स्थगित गरेका हुन्।

उनले विपक्षी बेन्च पूरै खाली भएकाले संसदीय परम्परा र अभ्यासअनुसार प्रतिपक्षको अनुपस्थितमा बैठक सञ्चालन नगर्ने परम्परा अनुसार आधा घण्टाका लागि पुनः बैठक स्थगित भएको घोषणा गरेका थिए। नेकपा (माओवादी केन्द्र)सहितका प्रतिपक्षी दलहरूले बजेट सच्च्याउनुपर्ने माग राख्दै सदनमा विरोध जनाएपछि स्थगित बैठक अहिलेसम्म पुनः सुचारु हुन सकेको छैन।

बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८२।०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यक्रम थियो। सोहीअनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्न प्रस्ताव गर्ने कार्यतालिका तय गरिएको थियो।

यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो। त्यसयता १७औं दिनमा मात्रै बैठक बसेको हो। यसअघिको बैठक असार ७ गतेका लागि तोकिए पनि विविध कारणले स्थगित गरिएको थियो।