२०८२ असार १८

लोसपा प्रतिपक्षमा बसेपछि लुम्बिनी प्रदेश सभा बैठक सुरु
  • लुम्बिनी खोज
  • २०८२ असार १७, मंगलवार १५:५६ गते

भोली बजेटको शिर्षकगत छलफल हुने
बुटवल १७ असार ।
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक सुरु भएको छ । दिउँसो ३ बजे बैठक बसे पनि प्रतिपक्ष दलको अवरोधका कारण स्थगित भएको बैठक अबरे सुरु भएको हो ।

प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दल अनुपस्थित रहेपछि प्रतिपक्ष अनुपस्थित रहेपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । उनले विपक्षी वेन्च पुरै खाली भएकाले र संसदीय परम्परा र संसदीय अभ्यास अनुसार विपक्षी विना बैठक बस्न नसक्ने भएको भन्दै  आधा घण्टाका लागि पुनः बैठक स्थगित भएको घोषणा गरेका थिए ।

यहाँ पछि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल प्रतिपक्षको रुपमा सदनमा उपस्थित भएपछि बैठक सुरु भएको हो । लोकतान्त्रिक समाजवादी यस अघि सत्तापक्षमा थियो । आज मात्रै यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको हो । आज पहिला बसेका बैठकमा लोसपा सत्ता पक्षमा बसेको थियो । प्रतिपक्षविना संसद बैठक अगाडि बढ्न समस्या भएपछि लोसपालाई प्रतिपक्षमा खडा गरिएको थियो । लोसपा पतिपक्षमा गएपछि जसपा पनि लोसपासँगै बैठकमा सहभागी भएको थियो । यसअघिको आजको बैठकमा जसपा प्रमुख प्रतिपक्षसहितका दलहरूसँगै अनुपस्थित रहेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी, राप्रपा, राष्ट्रिय जनमार्चा र नेकपा एस सहभागी भएनन् । बैठकको सुरुमा छुटेका योजनाहरू समावेश गर्ने आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सदनमा ‘आर्थिक वर्ष ०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, कनैया बनिया, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए ।
बैठकमा आर्थिक मामिला मन्त्री कार्कीले आर्थिक वर्ष २०८२।०८३ सेवा र कार्यको लागि प्रदेश सन्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक सभामा पेश गरेका थिए । प्रदेश सभाको १५ औं बैठक मंगलवार राती साढे ८ बजे बसेको थियो ।
१५ औं बैठकले ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथीको सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको थियो । साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुंगिएको सभामा जानकारी गराएका थिए ।
१४ औं बैठक प्रमुख प्रतिपक्षदल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीले बहिस्कार गरेका थिए । तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछी सदन अघि बढेको थियो ।
बुधवारको बैठकमा बजेटको शिर्षकगत छलफल हुने
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेसनको १६ औं बैठकमा बजेटको विभिन्न शिर्षकहरुमाथि समुहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ । बुधवार दिँउसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरुमाथि समूहीकृत छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नाहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको जनाइएको छ ।
यसअघि प्रदेश सरकारले १ असारमा बजेट प्रस्तुत गरेको थियो । त्यसयता १७औं दिनमा मात्रै बैठक बसेको हो । यसअघिको बैठक ७ असारका लागि तोकिए पनि विविध कारणले स्थगित गरिएको थियो ।

‘विकृतिको विरोध गरेका हौं, सरकारको प्रतिबद्धता खोजेका छौंः माओवादी
बजेटमा विकृति देखिएपछि आफूहरूले विरोध गरेको माओवादीका प्रमुख सचेतक इन्द्रजित थारुले बताए । ‘हामीले विकृतिको विरोध गरेका हौं, बजेटमा देखिएका बेथिति रोक्ने प्रतिबद्धता खोजेका हौं,’ उनले भने, ‘मुख्यमन्त्रीले सम्बोधन गरेर प्रतिबद्धता जनाएपछि बैठक सुचारु गर्ने भनेका थियौं । मंगलवार ढिला भएकाले बुधबारबाट बैठक सुरु गरौं भन्ने प्रस्ताव राखेका थियौ । तर उहाँहरूले मान्नुभएन् । आजै सुरु गर्नुभयो र नयाँ प्रतिपक्ष बनाएर चलाइरहनुभएको छ, हामी भोलिदेखि सहभागी हुन्छौं ।