२०८२ असार १९
बुटवल १८ असार ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६औँ बैठकमा बजेटमाथि छलफल सुरु भएको छ। बैठकमा आर्थिक वर्ष २०८२।०८३ को बजेटका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल सुरु भएको हो। आजको बैठकमा प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरूको सहभागिता रहेको छ। यहाँ हिजो प्रमुख विपक्षी दलसहित विभिन्न विपक्षी दलहरूले बैठक बहिष्कार गरेका थिए।
आज छलफलका क्रममा धेरै जसो सांसदहरूले बजेटको आलोचना गरेका छन् । उठाएका प्रश्न तथा सुझावहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ।
‘आर्थिक वर्ष ०८२।०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’अन्तर्गतका विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका शीर्षकहरूमा केन्द्रित रहेर समूहगत छलफल भइरहेको हो।