२०८२ भाद्र ७

परम्परागत खेलकुद तथा सङ्गठनको स्थापना दिवसमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ श्रावण ३१, शनिबार १०:३० गते

बुटवल ३१ साउन ।
ट्रेडिशनल स्पोर्टस् एण्ड गेम्सको अन्तराष्ट्रिय स्थापना दिवस १४ अगस्तका अवसरमा बुटवलमा खेलकुदसहितको कार्यक्रम गरी मनाइएको छ । नेपाल ट्रडिशनल स्पोर्टस् एण्ड गेम्स (नेपाल परम्परागत खेलकुद तथा सङ्गठन) ले बुटवलमा खेलकुदसहितको कार्यक्रम गरी दिवस मनाइएको छ ।
बुटवल देवीनगर स्थीत नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयमा परम्परागत खेलकुद कार्यक्रम तथा परम्परागत खेलको महत्वका बारेमा चर्चा गर्दै स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले खेलले विद्यार्थीलाई अनुशासनमा राख्न मद्दत गर्ने धारणा राख्दै परम्परागत खेलको महत्वका बारेमा चर्चा गरेका थिए । विद्यार्थीहरुले पहिलो प्रथामिकतामा पढाईलाई राख्दै खेल क्षेत्रमा लाग्नुपर्ने धारणा पनि उनले राखे । नेपाल ट्रडिशनल स्पोर्टस् एण्ड गेम्स सस्थालाई आगामी दिनमा पनि रचनात्मक क्रियाकलापहरु गर्न सुझाव पनि उनले दिएका थिए ।
नेपाल ट्रेडिशनल स्पोर्टस् एण्ड गेम्सका केन्द्रीय अध्यक्ष गणेशबहादुर कुँवरका अनुसार कार्यक्रममा विभिन्न परम्परागत खेल खेलिएको थियो । कार्यक्रममा बाणिज्य क्याम्पस दुर्गा मन्दिरका अध्यक्ष अर्जुन कुवरसहित खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सस्थाका अध्यक्ष कुवरले परम्परागत खेलहरुको संरक्षण गर्नका लागि सस्था स्थापना गरिएको चर्चा गर्दै आगामी दिनमा थप क्रियाशिल गराउने बताए ।