२०८२ भाद्र ७
काठमाण्डौं १ भदौ ।
बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको योग्यता नपुगेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
बिमा प्राधिकरणको अध्यक्ष बन्न हाल निलम्बित ओझाको अनुभव नपुग्ने निष्कर्ष छानबिन समितिले निकालेको हो । मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव नपुग्ने निष्कर्षसहितको छानबिन प्रतिवेदन सरकारलाई बुझाएको छ ।
गत ३० असारमा मन्त्रिपरिषद्को बैठकले ओझाउपर छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बिमा समितिमा पूर्वबोर्ड सदस्य कपिलदेव ओली सदस्य रहेको समितिले छानबिन टुंग्याएर सरकारलाई प्रतिवेदन बुझाएको हो। गत ३० साउनमा समितिले प्रतिवेदन बुझाएको हो।
छानबिन समितिको प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएको हो। समितिको प्रतिवेदनपछि अर्थ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको छ। यसपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषद् पठाउनेछ।