२०८१ आश्विन ८

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराए
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १२, सोमबार १०:५२ गते

बुटवल ।

बुटवल उपमहानगरको मेयरमा कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । काँग्रेस नगर सभापति समेत रहेका उनले बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर सोमबार उम्मेदवारी दर्ता गएका हुन् । नेपाली काग्रेसको तेस्रो कार्यकालमा उपमहानगरको सभापति रहेका पाण्डे बुटवल उपमहानगरपालिकाको मेयरमा दलबल सहित आफनो उम्मेदारी दर्ता गराएका हुन ।कांग्रेसमा कसलाई टिकट दिने भन्ने विषयमा लामो रस्साकस्सी पछि उनले टिकट पाएका थिए ।अघिल्लो निर्वाचनमा एमालेका शिबराज सुबेदीले जितेका थिए । यसपटक भने सत्ता गठबन्धनको तर्फबाट पाण्डेले उम्मेदवारी दिएका हुन ।