२०८२ आश्विन २

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
  • लुम्बिनी खोज
  • २०८२ आश्विन २, बिहीबार १२:२२ गते

बुटवल २ असोज ।

लुम्बिनी प्रदेश सभाको छैटाैँ अधिवेशन अन्त्य भएको छ। प्रदेश सभाले आज बिहीबार जारी गरेको सूचनाअनुसार  भदौ ३१ गते राति १२ बजेदेखि नै प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको हो।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनाअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधान १८३ को उपधारा २ बमोजिम २०८२ भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको हो।

२०८२ वैशाख ३१ गतेदेखि सुरु भएको छैटौँ अधिवेशनमा जम्मा १७ वटा बैठक बसे। यस अधिवेशनमा सरकारको चालू वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो।

बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको अधिवेशन भदौ ३१ गतेदेखि लागू हुने गरी अन्त्य भएको हो।