२०८२ आश्विन २७
बुटवल २४ असोज ।
शितल बचत तथा ऋण सहकारी संस्था बुटवलको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रको चर्चा गरिएको छ ।
सहकारी क्षेत्रमा पछिल्लो पटक देखिएका समस्या देखि सहकारीहरुलाई ब्यवस्थीत रुपमा सञ्चालन गर्न सहकारीका सिद्धान्तहरुलाई अवलम्वन गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख गुणाकर खनालले बुटवलउपमहानगरपालिका रहेका सहकारीहरुको अवस्थाका बारेमा चर्चा गरेका थिए । उनले सहकारीका सदस्यले सञ्चालक चिन्ने र सञ्चालकले सदस्य चिन्ने गरी सहकारी सञ्चालन गर्दा राम्रो हुने धारणा राखेका थिए ।
सहकारीका अध्यक्ष गणेशप्रसाद अधिकारीले सहकारीको वर्तमान अवस्था तथा सहकारीले खेलेका भुमिकाका बारेमा चर्चा गरेका थिए । उनले सहकारीमा ५ सय २८ शेयर सदस्य रहेको र शेयर पुजी ०८२ असार मसान्तसम्म २ करोड १८ लाख ३५ हजार ८ सय रहेको जानाकारी गराए । आर्थिक वर्ष ०८२।०८३ मा शेयर सदस्य ६ सय र शेयर पुजी २ करोड ५० लाख पु¥याउने लक्ष्य राखेको पनि जानाकारी गराए , त्यस्तै ११ करोड ८० लाख २३ हजार ६ सय ६७ रुपैया बचत निक्षेप रहेको पनि उनले बताए । अध्यक्ष अधिकारीले आर्थिक वर्ष ०८२।०८३ मा ११ करोड ५० लाख बचत निक्षेप गराउने लक्ष्य रहेको जानाकारी साधारण सभामा गराएका थिए ।
सहकारीका उपाध्यक्ष विष्णुप्रसाद ज्ञवालीको स्वागत र सचिव मायादेवी खनालको सञ्चालनमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष कमल ज्ञवालीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक लोकेन्द्र सिंह आङ्कबुहाङ्कले समितिको प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, सल्लाहकार एंव निवर्तमान अध्यक्ष सुर्यकुमार श्रेष्ठ, इन्द्रेणी वहुउद्देश्यिय सहकारी सस्थाका अध्यक्ष कृष्णप्रसाद अर्याल, पुन्यभुमि वचत तथा ऋण सहकारी सस्थाका माधवप्रसाद पौडेललगायतले सहकारीका बारेमा चर्चा गरेका थिए ।
जेष्ठ सदस्य कृष्णवहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रिसा रानालाई छात्रावृद्धि रकम प्रदान गरिएको थियो । त्यस्तै सामाजिक उत्तरदायित्व अन्तरगत सस्थाको तर्फबाट अध्यक्ष अधिकारीले बुटवल औद्योगिक क्षेत्र उद्योग संघद्धारा सञ्चालित क्लिनिकका लागि २० हजार रुपैयाको चेक संघका अध्यक्ष उपेन्द्र अग्रवाललाई हस्तान्तरण गरेका थिए ।