२०८२ आश्विन २७

सेयर बजारमा ७८.८३ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८२ आश्विन २६, आईतवार १०:४५ गते

बुटवल २६ असोज ।
सेयर बजार परिसूचकमा आज उच्च गिरावट आएको छ । आइतबार सेयर बजारमा तीन प्रतिशतभन्दा धेरै गिरावट देखिएको छ। नेप्से परिसूचक ७८.८३ अंकले घटेर दुई हजार ५०३.३५ विन्दुमा कायम भएको हो।
नेप्से घट्दा आज कारोबार रकममा भने वृद्धि देखिएको छ। यसअघि पाँच अर्बमा रहेको कारोबार रकम आइतबार ६ अर्ब ७० करोड रुपैयाँभन्दा माथि पुगेको छ। ३२१ कम्पनीका एक करोड ४३ लाख ६४ हजार कित्ता सेयर ६७ हजार २०२ पटक खरिद बिक्री भएको छ।