२०८२ आश्विन २७

महराविरुद्ध मुद्दा दर्ता
  • लुम्बिनी खोज
  • २०८२ आश्विन २७, सोमबार १२:१४ गते

काठमाण्डौ २७ असोज ।
पूर्व सभामुख कृष्ण बहादुर महरा विरुद्धको अभियोग पत्र अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख महरासँग साढे आठ करोड बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
सुन तस्करी समूहलाई सघाएको अभियोगमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो।

भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा १, २ र ३(क) बमोजिमको कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।