२०८२ मंसिर २२

बुटवलमा ‘स्वर्णप्राशन’ अभियान
  • लुम्बिनी खोज
  • २०८२ आश्विन २९, बुधबार १४:५८ गते

बुटवल २९ असोज ।
बुटवल स्थीत लुम्बिनी आयुर्वेद चिकित्सालयमा ‘स्वर्णप्राशन’ अभियान शुरु गरिएको छ । चिकित्सालका प्रमुख डाक्टर कलावती विश्वकर्माले ‘स्वर्णप्राशन’ अभियानलाई निरन्तरता दिईने गरी शुरु गरिएको बताइन् । बुधवार ३६० जना बालबालिकालाई यो थोपा खुवाईएको छ । त्यसमा २०१ वालक र १५९ वालिका रहेका छन् । ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यस अभियानमा समेटिएको छ ।
डाक्टर बिश्वकर्माले बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाइने बताइन् । अब अर्को महिनाको २५ गते समेत खुवायने छ । स्वर्णप्राशन कम्तीमा ३० मात्रासम्म खुवाउदा राम्रो मानिन्छ । बिहानको समयमा खालि पेटमा खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।
‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा।अर्जुनराज शर्माले बताएका छन् ।
उनका अनुसार आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई ‘स्वर्णविन्दु प्राशन’ भनिन्छ । यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो ।
बुधबार बुटवलमा शुरु गरिएको अभियानको बुटबल उपमहानगर प्रमुख खेलराज पान्डेले शुभारम्भ गर्दै आयुर्वेदिक चिकित्सा पद्धति हाम्रो संस्कृतिको महत्वपूर्ण अंग भएको बताए । स्वस्थ जीवनका लागि स्वर्णप्राशन जस्ता परम्परागत अभ्यासहरू आजको आधुनिक युगमा पनि उतिकै प्रभावकारी रहेको भन्दै उनले उपमहानगरपालिकाले यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताए ।
बुटबल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष राचन्द्र क्षेत्री, लुम्बिनी आयुर्वेद चिकित्सालयका निबर्तमान अध्यक्ष शिब ज्ञाबली लगायको सहगाती रहेकोकार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलि खटिएको चिकित्सालयका सूचना अधिकारी बरिष्ठ कविराज गणेशप्रसाद सापकोटाले वताए ।