२०८२ कार्तिक ४
बुटवल २ कात्तिक ।
कलश स्टक मार्केट (ब्रोकर नं. ७४) को बुटवल शाखामा सेयर बजारसम्वन्धी छलफल कार्यक्रम गरिएको छ । लगानीकर्ताहरुको भेटसहितको छलफलमा शेयर बजारका बिश्लेषक तथा अनुभवी लगानीकर्ताहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा सेयर बजार विश्लेषक एवं अनुभवी लगानीकर्ता अजित खनालले सेयर बजारका सम्वन्धमा विभिन्न विषयमा प्रकाश पारेका थिए । त्यस्तै टेक्निकल एनालिसिस सागर कँडेलले पनि सेयर बजारका बारेमा कुरा राखेका थिए । बुटवल क्षेत्रका २५ जना भन्दा पनि धेरै लगानीकर्ताहरूको सहभागिता रहेको कार्यक्रममा सेयर बजार सम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल तथा ज्ञान आदान–प्रदान गरिएको कलश स्टक मार्केट बुटवल शाखा प्रबन्धक कमल पौडेलले बताए ।
पौडेलले आगामी दिनमा पनि शेयर बजार सम्बन्धी कार्यक्रमहरू गर्दै जाने बताए । उनले यस किसिमका कार्यक्रमहरुले लगानीकर्ताहरुलाई लगानी गर्दा सहयोग पु¥याउने विश्वास पनि उनले ब्यक्त गरे ।
कलशले बुटवलमा शाखा स्थापना गरेपछि सेयर बजार सम्बन्धी शिक्षालाई पनि जोड दिर्दै आएको छ । आगामी कार्यक्रमहरूमा सहभागी हुन इच्छुक लगानीकर्ताहरूलाई संस्थामा सम्पर्क गर्न पनि शाखाले अनुरोध गरेको छ ।