२०८२ कार्तिक १४

भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक १३, बिहीबार ०९:४५ गते

रुपन्देही १३ कात्तिक ।
राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ। विद्युत् प्राधिकरण भैरहवाअगाडि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका गौतम अचानक ढलेका थिए । उनलाई तत्काल उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको हो । ६५ वर्षीय गौतम बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगरका स्थायी बासिन्दा हुन् । गौतम ०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए।

विद्युत् प्राधिकरणले रुपन्देहीका १४ वटा उद्योगको लाइन काटेपछि करिब १५ हजार मजदुर समस्यामा पर्ने भएकाले उनीहरूको सुरक्षाका लागि सरकारले वार्ताको माध्यमबाट निकास निकाली मजदुर पलायन हुनबाट रोक्न आग्रह गर्दै मजदुरद्वारा आयोजित धर्ना कार्यक्रममा सम्बोधन गर्दै थिए ।