२०८१ आश्विन ४

पत्रकार पन्थीको ‘जिरो माइल’को बुटवलमा चर्चा
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १७, शनिबार १७:५९ गते

बुटवल ।

खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार एक कार्यक्रमका बिच बुटवलमा चर्चा गरिएको छ ।

बुटबलमा ‘जिरो माइल’पुस्तकको चर्चा गदै सहभागिहरुले अमेरिकाको अध्यागमन कानुनबारे उत्सुकहरुका लागि पुस्तक फलदायि हुने बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै लेखक किशोर पन्थीले अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने बताए । उनले पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु रहेको जानकारी दिए । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गरेको हुँदा पाठकलाई बुझ्न निकै सजिलो रहेकोे लेखक पन्थीले बताए । अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भबानी प्रसाद पाण्डेले ‘जिरो माइल’अमेरिकाको अध्यागमन कानुनबारे उत्सुकहरुका लागि जानकारीहरु समेटिएको पुस्तक रहेको बताएका थिए । कार्यक्रममा पत्रकार सुमन अधिकारी , मनिकर कार्की , अमृता अनमोल , बिष्णु घिमिरे ,रामप्रसाद आचार्य,गुनाराम घिमिरे लगायतले बोल्दै अमेरिकाको अध्यागमन कानुनबारे उत्सुकहरुका लागि पुस्तक फलदायी हुने बिश्वास ब्यक्त गरेका थिए ।

 

खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को लोकार्पण उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले केही दिन अघि काठमाडौमा गरेकी थिइन । यसअघि पन्थीको पहिलो पुस्तक कम्पन बजारमा आईसकेको छ । नेपालको गुल्मीमा जन्मेका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन ।