२०८२ मंसिर ५

कस्टमेटिकदेखि जर्सिसम्मका अबैध सामान बरामद
  • लुम्बिनी खोज
  • २०८२ मंसिर ४, बिहीबार १३:५५ गते

बुटवल ४ मंसिर ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले कस्टमेटिक सामानदेखि जर्सिसम्मका अबैध सामान बरामद गरेको छ ।
जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी ६ लाख २५ हजार मुल्य बरावरको सामानहरु नियन्त्रणमा लिएको छ । जिप्रका रुपन्देहीका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार बरामद सामान लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।
यी हुन बरामद गरिएका सामानहरु
१) जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ७ हात्तीबनगाई स्थितबाट भारतबाट अबैध रुपमा नेपाल तर्फ भन्सार छली ल्याइ गोदाम गरी राखेको अवस्थामा १०२ बोरा मैदा अन्दाजी मुल्य रु.२,५५,०००।( बराबरको बरामद ।
२) इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया बाइपास स्थितमा चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा लैजादै गरेको कस्टमेटिक सामानहरु १ झोला, एलइडि बल्ब १२५ थान र दैनिक उपभोग्यका सामानहरु ४ बोरा अन्दाजी मुल्य रु. १,२५,०००।( बराबरको सामान बरामद ।
३) प्रहरी बिट बसपार्क रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.३ भैरहवा बसपार्क स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ भन्सार छली ल्याएको जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३४ को अवराध हुसेनले चलाएको लु ६९ प ५९२२ नं।को स्कुटरमा जर्सि ३ बोरा ५०० पिस रु १,७५,०००।( बराबरको र स्कुटको अ। मुल्य रु ७०,०००र( गरी जम्मा अ. मुल्य रु. २,४५,०००।( बराबरको सामान ,चालक, स्कुटर र बरामद कपडा आबश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको ।