२०८२ मंसिर ८

सेयर बजार ५० अंक बढ्यो
  • लुम्बिनी खोज
  • २०८२ मंसिर ८, सोमबार ०९:५५ गते

बुटवल ८ मंसिर ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.४४ अंकले बढेको छ ।
सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५०.४४ अंक बढेर २६५०.६६ अंकमा पुगेको छ ।

त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोड ५४ लाखको भएको छ ।