२०८२ मंसिर ११
बुटवल ११ मंसिर ।
रवि र छविको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि ३ नम्बर इजलासमा परेको थियो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रमसंख्या १ मा पेसी थियो।
यसअघि यही मंसिर ४ गते पनि यही इजलासमा क्रमसंख्या १ मा नै पेसी परेको थियो । सो दिन रविका कानुन व्यवसायीको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।