२०८२ मंसिर १२

एमवीवीएसमा नाम निकाल्न सफल विद्यार्थी र अण्डर १४ फुटवल विजेतालाई नवीनमा सम्मान
  • लुम्बिनी खोज
  • २०८२ मंसिर १२, शुक्रबार १४:५४ गते

बुटवल, १२ मंसीर
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा एमवीवीएसमा नाम निकाल्न सफल विद्यार्थी र अण्डर १४ फुटवल विजेता खेलाडी सम्मान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख उपसचिव बिष्णु प्रसाद पन्थीले सम्मानित हुने विद्यार्थीहरुलाई देशमा अब्बल र सक्षम भएर सेवा गर्ने तर्फ लाग्न सुझाव दिए । उनले विद्यार्थीहरुमा उत्कृष्ट हुने क्षमता हुन्छ त्यसैले निरन्तर प्रयास तथा मेहनत गरि रहनु पर्नेमा जोड दिदै विद्यालयले शैक्षिक क्रियाकलाप र अतिरिक्त क्रियाकलापमा नतिजामुलक उत्कृष्ट स्थान प्राप्त गरी विद्यालयले क्षमता प्रमाणित गरिसकेको बताए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यार्थी जीवन सम्पूर्ण सिकाइ तथा क्षमता प्रदर्शन गर्ने भएकोले समयमै सिक्दै जानु पर्ने र सकारात्मक प्रभाव पार्ने गुणहरु मात्रै स्वीकार गर्ने र नकारात्मक गुणहरु छोड्दै जानुपर्नेमा जोड दिए ।
एमवीवीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल शिशिर राना मगरलाई र रुपन्देही जिल्ला फुटवल संघद्वारा आयोजित अण्डर १४ छात्र फुटवल प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका समग्र पक्षहरुको जानकारी गराएका थिए । एमवीवीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल शिशिर राना मगरले आफ्ना अनुभवहरु सेयर गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा एनसीसी सिनियर डिभिजनका विद्यार्थीद्वय सुधा यादव र प्रवीन खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयमा कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा, ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनियरिङ्ग, विज्ञान, कानुन र शिक्षा समूह अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुदै आएको छ । विद्यालयमा ५८ वटा जिल्लाका पाँच हजार एक सय विद्यार्थीहरु अध्ययनरत छन् यसै बर्ष एमवीवीएसमा राजु यादव, पवन पौडेलले र शिशिर राना मगरले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।