२०८२ मंसिर १६
बुटवल, १६ मंसिर
रुपन्देही उद्योग संघले सल्लाहकार चयन गरेको छ । नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद पराजुलीले एक प्रेस विज्ञप्ती जारी गर्दै संघको सल्लाहकार समिति मनोनित गरेको जानकारी गराएका छन् ।
संघको सल्लाहकार समिति संयोजकमा संघका पूर्ब अध्यक्ष माधब प्रसाद पौडेल, सदस्यहरुमा अस्मिता कापी उद्योग बुटवलका संचालक ऋषि बहादुर भण्डारी, मनकामना हाइड्रो इलेक्ट्रिक प्रोडक्ट्रसका संचालक हिरामणी भट्टराई, त्रिशक्ती फर्निचर उद्योगका संचालक सुरेन्द्र ज्ञवाली, धनगढी ढुवानी सेवाका संचालक माधब नेपाललाई मनोनयन गरेका छन् । त्यस्तै लालहरी पाण्डे (आर्थिक), ज्ञान प्रसाद अर्याल (प्राविधिक) र रामप्रसाद आचार्य (प्रेस) सल्लाहकारमा मनोनयन भएका छन् ।
संघको गत कार्तिक २२ गते सम्पन्न २४ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष पराजुलीले संघको विधानको अधिकार प्रयोग गरी सो सल्लाहकार समिति गठन गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जनाएका छन् ।
संघका कार्यक्रम, योजना तथा नीति निर्माणमा सुझाव सल्लाह लिने उद्देश्य सहित विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरुलाई सल्लाहकारको रुपमा अध्यक्षले मनोनित गर्ने संघको व्यवस्था रहेको छ ।