२०८२ मंसिर १७
बुटवल १७ मंसिर ।
प्रहरीले ३ वटा भैसी, ११ वटा पाडीसहित बिभिन्न अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले
जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बरावरको सामान बरामद गरेको हो । बरामद गरी नियन्त्रणमा लिईएका सामान
आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा
पठाइएको छ ।
जिप्रकाबाट खटिएको प्रहरी टोलीले बुधवार रोहिणी गाउँपालिका वडा ३ बाट ३ वटा भैसी, ११ वटा पाडी, रेडिमेट उलान कुर्ता ६० पिस, सिलाउने उलान कुर्ता ३० पिस, लेडिज पछौरा ४० पिसलगायतका सामानहरु अन्दाजी ४ लाख ५१ हजार रुपैया बराबरको सामान तथा भैसी, पाडीहरु वेवारिसे अबस्थामा बरामद गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरि टोलीले सिद्धार्थनगर
नगरपालिका वडा नं १ बेलहिया बसपार्क स्थितबाट लु ११ प ६४८२ मोटरसाईकल, कम्बोर्ड ट्वाइलेट सिट १ थान, स्वीटर ५ पिस, पोन्डस पाउडर ५० पिस, बोरो प्लस क्रिम २३ प्याकेट र दैनिक उपभोग्यका सामानहरु ५ बोरा गरी अन्दाजी १ लाख ५५ हजार रुपैया बराबरको सामान
बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।