२०८२ मंसिर २६
बुटवल २४ मंसिर ।
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.०३ अंकले घटेको छ । आज नेप्से २६०९.०३ विन्दुमा झरेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३२९ स्टकको ९१ हजार ३९४ पटकको कारोबारमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।