२०८२ पुष २

भोलिदेखि बुटवलमा औद्योगिक प्रर्दशनी, पूर्वसन्ध्यामा जनचेतना र्‍याली
  • लुम्बिनी खोज
  • २०८२ पुष २, बुधबार १३:५३ गते

बुटवल, २ पुस ।
रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गर्ने आयोजकले बताएका छन् । प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २ः१६ वजे उद्घाटन गरिने संघका अध्यक्ष एंव प्रर्दशनी मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद पराजुलीले बताए ।
बुटवल मण्डपमा निमार्णाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरु रहने छन् । यहा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको प्रर्दशनीका सदस्य सचिव सुमन बस्यालले बताए ।
प्रदर्शनीको पूर्वसन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली निकालिएको छ । प्रदर्शनी स्थल बुटवल मण्डपबाट शुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुँदै पुनः प्रदर्शनी स्थलमा आएर समापन भएको थियो ।
¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५२ संघसंस्थाहरुको सहभागिता रहेको थियो । प्रदर्शनी मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका सदस्यहरु, सल्लाहकारहरुको अगुवाईमा गरिएको ¥यालीमा औद्योगिक विकासका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकिएको थियो ।
¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेले दिएको जानकारी अनुसार नेवाः संस्कृति संरक्षण समाज प्रथम, क्षेत्री समाज जिल्ला कार्यसमिति नेपाल द्वितीय, कालिका मानवज्ञान मा.वि. तृतीय र नेपाल लोक भजन चुटकिला संरक्षण प्रतिष्ठान, ग्रिल स्टील तथा आल्मुनियम व्यवसायी संघ रुपन्देही तथा स्कलर्सहोम सेकेण्डरी बोर्डिड्ड स्कूल बुटवल सान्त्वना भएका थिए ।
¥यालीमा सहभागी र पुरस्कृतहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक दिलिप सापकोटाले मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका थिए । समितिमा पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, बाबुराम बोहोरा, माधव पौडेल, सल्लाहकार हिरामणि भट्टराई, लालहरि पाण्डे, भूपाल कुमार श्रेष्ठ, दिनेश पाण्डे, दामोदर खनाल र मुकुन्द ज्ञवाली सदस्य रहेका थिए । कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख पाण्डेले बुटवलको परिचय थपेको प्रदर्शनीलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।
कार्यक्रम मुल समितिका संयोजक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता, सदस्य सचिव सुमन बस्यालको संचालन र औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेको स्वागतमा भएको थियो ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ संचालन हुने १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पूरा भएको र प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टल रहने प्रचार प्रसार संयोजक किरण खरेलले जानकारी दिए । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने सचिव तथा परिचय पत्र उपसमिति संयोजक अशोक कुँवरले बताए ।

बुधबारको जनचेतना ¥यालीमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, मासु व्यवसायी संघ, खुद्रा किराना व्यवसायी संघ, रुपन्देही मिष्ठान्न तथा क्याटरिड्ड व्यवसायी संघ, रुपन्देही व्यापार संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, रोजगार क्षेत्री महिला पञ्चेबाजा समूह, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान,लुम्विनी फोटोग्राफर संघ,छन्त्याल संघ,नविन औद्योगिक रिता कद्दरबहादुर मा.वि.,क्यानन् मा.वि.,कालिका माध्यमिक विद्यालय,स्कलर्स होम बोर्डिड्ड स्कूल, तमु छोज धीं, बुटवल नगरसमिति,ब्राम्हण समाज नेपाल,रुपन्देहीक्षत्री समाज नेपाल,बुटवल, क्षेत्री समाज नेपाल,रुपन्देही, लोक भजन तथा चुट्का संरक्षण प्रतिष्ठान, दिदी बहिनी बाजा समूह,फर्निचर उद्योग संघ, रुपन्देही, ग्रिल तथा स्टिल व्यवसायी संघ,रुपन्देही,चरड्डे नैमति पञ्चेबाजा समुह,कालिका आमा समुह,टोल बिकास संस्था,आमा समुह समन्यन समिति,रोटरी क्लव अफ बुटवल, नवजागरण टोल विकास संस्था सुुख्खानगर,धर्र्म कल््याण टोल विकास संस्था, बुटवल माध्यमिक बुटवल स्काउट, पश्चिमाञ्चल बस व्यवसायी संघ, टोल विकास संस्था समन्य, प्रगतीशिल भजन समुह, आमा समुह समन्वयन समिति, टोल विकास संस्था, समन्यन समिति, श्री रुपन्देही डेरी व्यवसायी संघ, विशेष डेरी उद्योग, मदिरा व्यवसायी संघ, प्रजापिता ब्रम्ह कुमारी इश्वरीय विश्व विद्यालय, नेवा संस्कृति संंरक्षण समाज, बुटवल, रानीबारी थारु सांस्कृतिक मयुर नाच मञ्च, रुपन्देही मिष्ठान्न तथा क्याटरिड्ड व्यवसायी संघ, रुपन्देही मिष्ठान्न तथा क्याटरिड्ड व्यवसायी संघ लगायत सहभागी भएका थिए ।