२०८२ पुष ५

थुनामुक्त भए रवि
  • लुम्बिनी खोज
  • २०८२ पुष ४, शुक्रबार १५:३६ गते

बुटवल ४ पुस ।
उच्च अदालत, तुलसीपुर बुटवल इजलासको बिहिवारको आदेशपछि आवश्यक प्रक्रिया पुरा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज शुक्रवार थुना मुक्त भएका छन् ।
थुना मुक्तपछि लामिछानेले छोटो सम्बोधन गरे । रुपन्देही कारागारबाट रिहा भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै उनले देश र जनताको न्यायका लागि लड्न बाँकी नै रहेको बताए । देशमाथि गरेको अन्यायका अगाडि आफूमाथि गरेको अन्याय केही पनि नभएको भन्दै सब हिसाब गर्नु पर्ने रहेको उनले बताए ।