२०८२ पुष ७

कालिका कप प्रतियोगिता सम्पन्न
  • लुम्बिनी खोज
  • २०८२ पुष ५, शनिबार १५:१९ गते

बुटवल ५ पुस ।
कालिका मानवज्ञान मावि बुटवलको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८२ को अवसरमा आयोजित जिल्लास्तरीय कालिका कप प्रतियोगिता शनिबार भव्य रुपमा सम्पन्न भएको छ। छात्र कबड्डीतर्फ कालिका मानवज्ञान मावि प्रथम ,नवीन औद्योगिक कदर बहादुर रीता मावि द्वितीय, मणिमुकुन्द मावि र न्यू होराइजन मावि तृतीय भएका छन्। छात्रा कबड्डीतर्फ न्युराइजन मावि प्रथम, कालिका मानवज्ञान मावि द्वितीय र नवीन औद्योगिक कदरबहादुर रीता मावि र कान्ति मावि तृतीय भएका छन्। छात्र भलिबलतर्फ न्युराइजन मावि प्रथम ,मणिमुकुन्द मावि द्वितीय र नवीन औद्योगिक कदरबहादुर रीता मावि तृतीय भएका छन्। छात्रा भलिबलमा एभरेस्ट बोर्डिङ स्कुल प्रथम, न्युराइजन मावि द्वितीय र कुँवरवर्ती बोर्डिङ स्कुल तृतीय भएका छन्। भलिबल र कबड्डीमा प्रथम र द्वितीय हुनेलाई नगद ३० हजार र २०,००० भलिबलतर्फ तृतीय हुनेलाई १०००० र कबड्डीतर्फ तृतीय हुनेलाई ५००० नगद, प्रमाणपत्र ,ट्रफी र पदक कालिका मानवज्ञान विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुरबस्नेत र एथलेटिक्सका वरिष्ठ प्रशिक्षक मोहन घले लगायतले वितरण गरेका थिए कालिका मानव ज्ञान माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा इभेन्ट संयोजक हरिबहादुर ओलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।