२०८२ पुष ६
काठमाण्डौं ६ पुस ।
काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागिे निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका श्रोत ब्यक्ति शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारेका थिए । काठमाडौको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।
यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।
