२०८२ पुष १०
बुटवल ७ पुस ।
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगर बुटवलमा आइतबार विश्व ध्यान दिवस भव्य रूपमा मनाइएको छ।
चौपारी जीवनयोग प्रयोगशालाद्वारा आयोजित नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरमा चौपारी जीवनयोग प्रयोगशालाका पदाधिकारीहरू र कक्षा ११ र १२ मा व्यवस्थापन ,विज्ञान ,कानुन र शिक्षा समूहमा अध्ययनरत करिब २२०० विद्यार्थीको सहभागितामा विश्वयोग दिवस भव्य रूपमा सम्पन्न गरिएको हो ।
बुटवल उपमहानगरपालिका वार्ड नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा चौपारी जीवनयोग प्रयोगशाला कि अध्यक्ष जुनु अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा
विद्यालयका सहायक प्रधानाध्यापकहरु समूहगत इन्चार्जहरू विषयगत शिक्षकहरू , चौपारी जीवनयोग प्रयोगशाला कि संरक्षक मिना कार्की, समाजसेवी चन्द्रमणि अधिकारी नवीन विद्यार्थी क्लबकी अध्यक्ष लक्ष्मी पाण्डे लगायतको सहभागिता रहेको कार्यत्रलम योग प्रशिक्षक अन्जु बस्नेतको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले कालिका मानव ज्ञान माविको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा छात्र कबड्डीमा द्वितीय, छात्र भलिबलमा तृतीय र छात्राकबड्डीमा तृतीय हुने खेलाडीहरूलाई र नवीन विद्यार्थी क्लबद्वारा आयोजित क्लबको पाँचौं स्थापना दिवसको अवसरमा आयोजित क्रिकेट प्रतियोगिताका विनर टिम र सेकेन्ड रनर अप टिमलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो।
