२०८२ पुष १५
बुटवल ११ पुस ।
दुर्वासा वचत तथा ऋण सहकारी सस्था लिमिटेड बुटवलको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न साधारण सभामा वोल्दै लुम्बिनी प्रदेश सभाका पूर्व सांसद तथा सहकारीका सल्लाहकार दधिराम न्यौपानेले सहकारीले खेलेको भुमिकाको चर्चा गर्दै दुर्वार्षाले एक आपसमा भेटघाट, छलफल गराउर्दै भावनाको विकास गराएको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका सञ्चलक समितिका सदस्य लक्ष्मण घिमिरेले सहकारीको मुल्य र मान्यतामा अडिग रहेर सहकारीहरु सञ्चालन हुनुपर्ने धारणा राखे । उनले सस्थागत सुशासन कायम गर्न दुर्वाषा सक्षम देखिएको भन्दै आगामी दिनमा अझ अगाडी बढउनुपर्ने बताए । सल्लाहकार डीआर घिमिरेले सहकारीका तर्फबाट गर्न सकिने रचनात्मक कामका बारेमा छलफल गरेर अगाडी बढ्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष ईश्वरीप्रसाद पोखरेलले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई सहकारीको मुल्य मान्यता अनुरुप अगाडी बढाउदै आइएको बताए । कार्यक्रममा कोषाध्यक्ष हिमलाल घिमिरेले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भेषराज घिमिरेले समितिको प्रतिचवेदन प्रस्तुत गरेका थिए ।
सचिव राधिका पोखरेलको संञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार रोमनाथ घिमिरे, उपाध्यक्ष थानेश्वर घिमिरे, सदस्य भोजराज भट्टराई, गंगा घिमिरेलगायतले सहकारीका बारेमा धारणा राखेका थिए । कार्यक्रममा शेयर सदस्य रामप्रसाद पोखरेल र सरस्वती भुसाल पोखरेलका छोरा डाक्टर दिपान्सु पोखरेलले आयुर्वेद चिकित्साशास्त्र उर्तीण गर्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै शेयर सदस्य रुपा श्रेष्ठ बुटवल लेडी जेसीज वर्ष २०२५ को अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो ।





