२०८२ पुष १५
बुटवल १२ पुस ।
ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. बुटवल ९ रुपन्देहीको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो निर्वाचन शनिबार सम्पन्न भएको छ । सभामा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै बुटवलउपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनालले सहकारीका सबै सदस्यहरु इमान्दार बनेमा कुनै पनि सहकारी समस्यामा नपर्ने बताए । इमान्दरी, विश्वास र सकरात्मक सोचका साथ अगाडी बढ्न उनले सुझाव पनि दिए ।
सहकारीका सल्लाहकार दिनेश फुल्लेलले सकरात्मक सोचका साथ शेयर सदस्य थप गर्दै अगाडी बढ्नुपर्ने बताए । सहकारीका अध्यक्ष पदमलाल घिमिरेले सबैका सकरात्मक सल्लाह सुझावहरुलाई आत्मसाथ गर्दै सहकारीलाई अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरे ।
एकादेब बस्यालको सञ्चालन र उपाध्यक्ष ठानेश्वर बस्यालको स्वागत मन्त्यब्यमा सम्पन्न कार्यक्रममा सल्लाकार राधिका पोखरेल, सदस्यहरु लक्ष्मण बस्याल, सरस्वति बस्याललगायतले सहकारीका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा हुमनाथ पोखरेलले तनावबाट मुक्त हुनका लागि सकरात्मक उर्जा प्राप्त गर्नका लागि योग ध्यानको महत्व बढी हुने भन्दै मेडिटेशन गराएका थिए । त्यस्तै सदस्य शिब घिमिरेले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा सहकारी सम्वन्धी गीतमा रञ्जना पौडेलले नृत्य समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा संस्थाका व्यवस्थापक लक्ष्मण रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल ८२१ जना शेयर सदस्य आबद्ध रहेको र कुल वासलात करिब ७ करोड रुपैयाँ बराबर पुगेको जानकारी दिएका थिए ।
नयाँ कार्यसमिति चयन, अध्यक्षमा घिमिरे
साधारण सभाको दोस्रो सत्र (निर्वाचन) बाट आगामी कार्यकालका लागि पुनः पदमलाल घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ। समितिको नामावली यसप्रकार छ ।
अध्यक्षः पदमलाल घिमिरे
उपाध्यक्षः थानेश्वर बस्याल
सचिवः खगेश्वर भण्डारी
सदस्यहरूः कृष्ण आचार्य, लक्ष्मी अधिकारी, देवीप्रसाद घिमिरे, रामलाल पाण्डे र पवित्रा भुसाल।
यसैगरी, लेखा सुपरिवेक्षण समितिमा ऋषिराम भट्टराई संयोजक रहेका छन् भने सदस्यहरूमा राजेश गौतम र पदम पौडेल चयन भएका छन् । नवनिर्वाचित टोलीले संस्थालाई थप पारदर्शी र सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
निर्वाचन कार्यक्रमका लागि गुणखर खनाल प्रमुख निर्वाचन आयुक्त तथा सदस्यहरु दिनेश फुल्लेल र विश्वमणि भुसाल रहेको नर्वाचन समिति बनेको थियो ।



