२०८२ पुष १७

औद्योगिक प्रदर्शनीमा ८ लाख दर्शक, ३० करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८२ पुष १७, बिहीबार १३:२३ गते

बुटवल, १७ पुस ।
बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा ३० करोडको कारोबाार भएको छ । बिहिबार समापन गरिएको प्रदर्शनीमा ८ लाख दर्शक भित्रिएका छन् । ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।
रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्रर्दशनी उस क्षेत्रको आर्थिक, औद्योगिक, सामाजिक तथा सास्कृतिक विकासमा कोसेढुंगा बन्दै आएको बताए । औद्योगिक प्रर्दशनीको सस्थागत जग बसाल्दै संघले प्रर्दशनीलाई ब्राण्डका रुपमा स्थापित गराएको बताए । यस पटकको प्रर्दशनीमा मुलुकलाई संवृद्धिको दिशामा अगाडी बढाउन विभिन्न किसिमका छलफल तथा वहस कार्यक्रम सञ्चालन गरेको चर्चा गर्दै उनले आर्थिक क्षेत्रको विकासमा प्रर्दशनीले महत्वपूर्ण टेवा पु¥याएको धारणा राखे ।
प्रदर्शनीको प्रतिवेदन महासचिव सुमन बस्यालले प्रर्दशनी अवधीभर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गरेर प्रर्दशनी सफलतापूर्वक सम्पन्न गरेको बताए । उत्पादक र उपभोक्ता वीचको सम्वन्धलाई मजवुत बनाउन टेवा पु¥याएको उनले बताए ।
पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेकोमा प्रदर्शनीमा सहभागी स्टलधनीहरु अधिकांशले सोँचेजस्तै राम्रो कारोबार भएको जनाएको कोषाध्यक्ष विशाल बलेवासेले जानकारी दिए ।
प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको भन्दै प्रदेश सरकारले सधैं उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको धारणा राखे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, सचिव अशोक कुँवर, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।


उत्कृष्टलाई सम्मान
यो पटकको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षण रहेको प्रदर्शनी आइडलमा पहिलो बुटवल देवीनगर बस्ने लिट्स कलेजका विद्यार्र्थी एण्डिज लामिछाने, बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत आर्यन श्रेष्ठ दोश्रो , एभरेष्टमा अध्ययनरत विशेष भूर्तेल तेस्रो भएका छन् । त्यसैगरी प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट उद्यमीहरुmाई पुस्कृत तथा सम्मान गरिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । उनका अनुसार औद्योगिक पेभेलियनमध्ये उत्कृष्ट भएका कपिलवस्तु ग्लास फाइवर इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र संचालक प्रमोद पोद्दार, बेकरी, आईसक्रिम तथा अचार पेभेलियनमध्ये उत्कृष्ट आकाश फुड्स,काठमाडौं डिष्ट्रिव्यूटर्सका उत्सव पाण्डे, स्वादिलो अचार तिलोत्तमाकी संचालक ज्योती श्रेष्ठ, ब्युटी तथा सेवा मूलक पेभेलियनमध्ये उत्कृष्ट महालक्ष्मी इन्जिनियरिड्ड कन्सल्टेन्सी तिलोत्तमाका संचालक सुदिप ढकाल, ग्रोसरी पेभेलियनमध्ये उत्कृष्ट शिवशक्ति सोप एण्ड केमिकल्स इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र संचालक अखिलेस कसौधन, हाउस होल्ड पेभेलियनमध्ये उत्कृष्ट यूनाइटेड प्लाष्टिक इण्डष्ट्रिज प्रा.लि., बुटवल औद्योगिक क्षेत्रका संचालक तुल््सीबहादुर गुरुङ, कृषि पेभेलियनमध्ये उत्कृष्ट गोर्खाली कृषि औजार इण्डष्ट्रिज संचालक जितबहादुर विश्वकर्मा, हस्तकला पेभेलियनमध्ये उत्कृष्ट दिदीबहिनी अल्लो, दाङकी संचालक हिसिला वली, लक्ष्मी हस्तकला, कपिलवस्तुकी संचालक ललिता खरेल, गार्मेण्ट्स पेभेलियनमध्ये उत्कृष्ट महाकाली गार्मेन्ट्स, तिलोत्तमा कोटिहवाका संचालक अनिश कुमार कसौधन, होटल तथा रेष्टुरेण्ट पेभेलियनमध्ये उत्कृष्ट डेडीज किचन, बुटवलका संचालक महेन्द्र कुँवर, फुटवेयर्स पेभेलियनमध्ये उत्कृष्ट अनिता सुज उद्योग देवदहका संचालक अनिता बुढाथोकीलाई सम्मान गरिएको छ । त्यसैगरी उदयमान उद्यमी गाउँघरको स्वाद, बुटवलका संचालक आरजु भुसाल, दही ठेकी, तिलोत्तमा, मणिग्रामका संचालक विशाल गैरे, समग्र स्टलहरुमध्ये सर्वोत्कृष्ट स्टल प्रथम थापा इन्जिनियरिड्ड इण्डष्ट्रिज प्रा.लि. बुटवल औद्योगिक क्षेत्रका संचालक देवानसिंह थापा, द्वितीय ड्रिम वेयर इण्डष्ट्रिज, बुटवलका संचालक बाबुराम अर्याल, तृतीय त्रिशक्ति गु्रप, बुटवलका संचालक सुरेन्द्र ज्ञवालीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी सान्त्वना पुरस्कार वोमन एक्टका संचालक रेखा थापा, हिपत, फुड्स,गुल्मीका संचालक शिव गौतम, लुम्बिनी एजुकेशनल किड्स इण्डष्ट्रिज, बुटवलका संचालक कृष्णप्रसाद पाण्डे, लकासी अचार उद्योग, तिलोत्तमाकी संचालक पार्वती गिरी पुरस्कृत भएकी छिन् ।