२०८२ पुष २७

रास्पवाका केन्द्रीय संगठन बिभाग सदस्य गोपाल घिमिरे रुपन्देही २ बाट चुनावी मैदानमा उत्रिने तयारीमा
  • लुम्बिनी खोज
  • २०८२ पुष २६, शनिबार ११:३४ गते

बुटवल २६ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन बिभाग सदस्य गोपाल घिमिरेले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन् । यसै क्षेत्रका बासिन्दा उनी आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
मुलुक परिवर्तनका लागि वैकल्पिक शक्तिको आवश्यकतामा जोड दिदै आएका घिमिरे उम्मेदवार बन्नका लागि विभिन्न क्षेत्रबाट सुझाव आएपछि चुनावी मैदानमा उत्रिने मनस्थीतिमा पुगेका छन् । बिगत एक दशक भन्दा पनि पहिले देखि बैकल्पिक राजनीति गर्दै सुधारका पक्षमा आवाज उठाउदै आएका घिमिरेले मुलुकको समृद्धिका लागि नीतिगत रुपमै सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले नीति निर्माणको तहमा उपस्थीत जनाउन उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । अर्घाखाचीको पाणिनीमा जन्मिएका घिमिरे बुटवल ११ का बासिन्दा हुन् । उनी राजनीतिक सगै बिभिन्न सामाजिक संघ संस्थाको अभियानमा जोडिएर समाज तथा मुलुकको परिवर्तनमा क्रियाशिल रहेका छन् ।
अग्रेजी विषयबाट स्नातक गरेका उनी प्रवासी नेपाली सेवा समिति साउदी अरेबिया का पुर्व महासचिव समेत हुन । उनी गैर आवासिया नेपाली संघ साउदी अरेबियाको सस्थापक अध्यक्ष समेत रहेका उनी स्वदेश फर्किएपछि बुटवल ११ का स्थानिय सस्थाहरुमा नेतृत्वदायी भुमिकामा रहेर काम पनि गरेको अनुभव छ ।
पाणिनी रुपन्देही सम्पर्क समाजको मानार्थ सदस्य, लाइन्स क्लब अफ बुटवल मुक्तिनाथ को उपाध्यक्ष, गौतम बुद्द मानव सेवा केन्द्रको सल्लाहकार रहेका घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन बिभाग सदस्य तथा कपिलवस्तु प्रतिनिधिका रुपमा पार्टीमा क्रियाशिल रहेका छन् । पार्टीलाई मजवुत बनाउन संगठन निर्माणमा विशेष दख्खल राख्दै पार्टीलाई स्थापित गर्न लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संगठन निर्माणमा महत्वपूर्ण योगदान गर्नेहरुमा पार्टीभित्र घिमिरे पनि चर्चामा पर्दछन् ।