२०८२ माघ २
बुटवल २ माघ ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
एनबीआईका अध्यक्ष कुशकुमार जोशीले कसजूलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी दिएका हुन् । नियुक्तिसंगै कसजूले लुम्बिनी प्रदेशमा एनबीआईका कार्यक्रम तथा अभियान विस्तार, स्थानीय व्यवसायिक संघ–संस्था, निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय, नीति तथा निर्देशन कार्यान्वयन तथा केन्द्रीय कार्यालयसँग नियमित समन्वय गर्ने जिम्मेवारी सम्हाल्ने छन् ।
कसजू नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् । सिद्धिविनायक फूड इण्डष्ट्रिजका अध्यक्षसमेत रहेका कसजुसग व्यवसायिक क्षेत्रमा लामो अनुभव छ । संस्थागत नेतृत्वमा रहेर काम गरेका कसजूले प्राप्त गरेको भूमिकाले लुम्बिनी प्रदेशमा जिम्मेवार व्यवसायिक अभ्यास, दिगो आर्थिक विकास, संस्थागत सामाजिक उत्तरदायित्व र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने एनबीआईको विश्वास लिएको जनाएको छ ।